बैतडीमा यात्रुको पनि कोरोना परीक्षण
बैतडी । बैतडी भित्रिने यात्रुहरुको कोरोना परीक्षण थालिएको छ। जेठ १८ गतेदेखि सुरु भएको परीक्षणमा हालसम्म ५ सय बढी यात्रुको परीक्षण गरिएको हो।स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले खोडपेमा हेल्थ डेस्क स्थापना गरेर एन्टीजेन विधिमार्फत जिल्ला भित्रिने यात्रुको अनिवार्य रुपमा कोरोना परीक्षण गर्ने कार्य भइरहेको बताए।
दोस्रो लहरको कोरोना भाइरसको सङ्क्रमण तीव्र रुपमा फैलिरहेकोले त्यसको रोकथाम र नियन्त्रणका लागि जिल्ला भित्रिने यात्रुहरुको कोरोना परीक्षण थालिएको बैतडीका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले जानकारी दिए।
२९ जेठ २०७८, शनिवार ११:५४ बजे प्रकाशित































