punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कांग्रेसको पदाधिकारी बैठक आज बस्दै, महाधिवेशनबारे छलफल हुने

Chaupati
safha napa

काठमाडौं ।  कांग्रेस सभापति शेरबहादुर देउवाको आह्वानमा नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै छ।देउवा निवास बूढानीलकण्ठमा दिउँसो २ बजे बस्ने बैठकमा आसन्न महाधिवेशनको विषयमा छलफल हुने बताइएको छ।

महाधिवेशनका विषयमा नयाँ कार्यतालिका बनाउने विषयमा छलफल गर्न पदाधिकारी बैठक बोलाइएको नेपाली कांग्रेसले जनाएको छ।कोरोना महामारीका कारण कांग्रेस महाधिवेशनको कार्यतालिका प्रभावित भएको छ।

पूर्वनिर्धारित कार्यतालिकाअनुसार असारमा वडा तहको अधिवेशन सुरु गर्नुपर्ने हुन्छ। तर, अहिलेसम्म क्रियाशील सदस्यताको टुंगो समेत नलागिसकेको अवस्थामा कार्यतालिका अनुसार महाधिवेशन गर्न कठिन देखिएको छ।संवैधानिक व्यवस्थाअनुसार आगामी भदौसम्ममा पार्टीको १४औं महाधिवेशन सम्पन्न गर्नैपर्ने बाध्यता कांग्रेसलाई छ।


२९ जेठ २०७८, शनिवार ११:५२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु