punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कांग्रेस पनि उभियो मुख्यमन्त्री भट्टको साथमा

Chaupati
safha napa

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई एमालेले विश्वासको मत दिने भए संगै नेपाली कांग्रेसले पनि मुख्यमन्त्री भट्टलाई साथ दिने भएको छ । कांग्रेसले मुख्यमन्त्री भट्टको पक्षमा बहुमत पुर्याउन सहयोग गर्ने भएको छ ।

कांग्रेस संसदीय दलको बैठकले भट्टलाई मुख्यमन्त्रीको पदमै रहने गरी समर्थन गर्ने निर्णय गरेको हो । प्रदेशसभामा भट्टको पक्षमा बहुमत नपुगेको खण्डमा कांग्रेसले सहयोग गर्ने बताइएको छ ।

कांग्रेसका प्रदेशसभा सांसद टेकबहादुर रैकाका अनुसार मुख्यमन्त्रीले विश्वासको मत माग्दा कांग्रेसबाहेक नै बहुमत पुग्ने अवस्था भएमा तटस्थ बस्ने र बहुमत नपुग्ने भयो भने मुख्यमन्त्रीको पक्षमा मतदान गर्ने निर्णय भएको छ ।

 

 


२५ जेठ २०७८, मंगलवार ११:२३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु