punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिम मन्त्रीपरिषद बैठकले गरेका यस्ता छन् चार निर्णय

Chaupati
safha napa

सुदूरपश्चिम सरकारले आगामी जेठ २१ गते बजेट अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद्को बसेको बैठकले २१ गते ३ बजे बजेट अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशीले जानकारी दिइन् ।

मन्त्रिमण्डल विस्तार भएपछि पहिलो पटक बसेको मन्त्रीपरिषद् बैठकले जोशीलाई प्रवक्ता तोक्ने निर्णय पनि गरेको हो ।

यस्तै डोटीमा शनिबार राति जलाइएकी लक्ष्मी भाटलाई दुई लाख दिने र कञ्चनपुरको महाकाली अस्पताललाई प्रादेशिक अस्पताल बनाउने निर्णय पनि भएको प्रवक्ता जोशीले जानकारी दिइन् ।


१९ जेठ २०७८, बुधवार १७:५० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु