अछामका एक किशोरको भारतमा मृत्यु
अछामका एक किशोरको भारतमा मृत्यु भएको छ।
जिल्लाको कमलबजार नगरपालिका ८ ढाँकु, पास्तोलीका १६ वर्षीय किशोर मोहन विष्टको शुक्रबार भारतको महाराष्ट्रमा पानीको तलाउमा डुबेर मृत्यु भएको हो।
उनी बस्ने कोठा नजिकै रहेको पानीको तलाउमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।
११ वैशाख २०७८, शनिवार १४:०४ बजे प्रकाशित













