punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

खप्तड मालिका यातायातका अध्यक्ष र निवर्तमान अध्यक्षसहित ४ जना पक्राउ

Chaupati
safha napa

खप्तड मालिका यातायात प्रालिका अध्यक्ष दिलबहादुर खलौला र पूर्वअध्यक्ष अनन्तराज जोशीसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । दुई जना अध्यक्षसहित भरत बडेल र खड्कबादुर मल्ललाई प्रहरीले पक्राउ गरेको हो ।

बसपार्क क्षेत्रमै झगडा गर्न थालेपछि उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक भरत चौधरीले जानकारी गराए ।

खलौला अध्यक्ष भएपछि जोशी समूहले अस्‍वीकार गर्दै आएको थियो । सोही विषयमा उक्त यातायात प्रालिमा विवाद बढ्दै गएको थियो । खलौला समूहले बनाएको क्यू अनुसार जोशी समूहले गाडी चलाउन नमानेपछि बसपार्कमा हातहालाहाल भएको थियो ।


९ वैशाख २०७८, बिहीवार १८:२३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु