देशभर २,४२८ जना कोरोना संक्रमित थपिए
विहिबार देशभरमा २,४२८ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । देशभरका विभिन्न प्रयोगशालमा १० हजार ४४८ परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।
बितेको २४ घण्टामा ५ जनाको मृत्यु भएको छ । सोही अवधीमा २५२ जना निको भएर घर फर्किएका छन् । कूल संक्रमित संख्या २ लाख ९२ हजार १५२ पुगेको छ । मृतक संख्या ३ हजार ११७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
९ वैशाख २०७८, बिहीवार १८:०१ बजे प्रकाशित































