मुख्यमन्त्री राईलाई अपशब्द बोलेपछि बालिका खड्का पक्राउ
प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईमाथि विभिन्न आरोप लगाउँदै आएकी बालिका खड्का फेरि पक्राउ परेकी छिन् ।
एमाले पार्टी कार्यालय थापाथलीबाट उनलाई पक्राउ गरिएको हो । उनले मुख्यमन्त्री राईलाई अपशब्द बोलेकोले उनलाई पक्राउ गरिएको प्रहरी वृत्त सिंहदरवारका प्रमुख डिएसपी हरिबहादुर बस्नेतले जानकारी दिए ।
साथै त्यस विषयमा आवश्यक अनुसन्धान भइरहेको डिएसपी बस्नेतले बताए ।
आज एमालेको मुख्यालय औपचारिक रुपमा धुम्बाराहीबाट थापाथली सारिएको छ । सो कार्यक्रममा उपस्थित हुन आएका मुख्यमन्त्री राईमाथि बालिकाले अपशब्द बोलेकी थिइन् ।
यसअघि पनि मुख्यमन्त्री राईलाई आफ्नो पति भएको दाबी गर्दै विभिन्न आरोपहरु लगाएपछि प्रहरीले बालिकालाई पक्राउ गरेको थियो ।
९ वैशाख २०७८, बिहीवार १३:१९ बजे प्रकाशित































