इजिप्टमा रेल दुर्घटनामा, ११ जनाको मृत्यु

ईजिप्टको कायेरोको उत्तरी भागमा रेल दुर्घटनामा ११ जनाको मृत्यू भएको छ।

चार रेलगाडीहरू कलयुबिया प्रान्तको बनहा शहरमा आई पुग्नेक्रममा दुर्घटनामा परेको काइरोबाहिर रहेको रेलवे प्राधिकरणले विज्ञप्तिमा जनाएको छ। रेलगाडीहरू पल्टिएपछि यात्रुहरू रेलमार्गको सुरक्षित स्थलमा भागेका थिए।

सो दुर्घटनामा करिव १ सयजना घाइते भएका छन्। घाइतेहरूलाई घटनास्थल नजिकका अस्पतालहरुमा लगिएको थियो। ईजिप्टमा पटक पटक रेल दुर्घटना हुने गरेका छन।

गत हप्तामात्र ईजिप्टकै शार्कियाको नील डेल्टा प्रान्तमा रेलगाडी पटरीबाट झरेर कम्तिमा १५ जना घाइते भएका थिए । यसैगरी दुई यात्रुवाहक रेल आपसमा ठक्कर खाँदा एकजनाको मृत्यु हुनुका साथै २ सयजना बालबालिकाहरु घाइते भएका थिए। एजेन्सीको सहयोगमा


६ वैशाख २०७८, सोमवार ११:३१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु