फेरी बढ्यो सुनको मूल्य, हेर्नुहोस कति पुग्यो ?
आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला २ सय रुपैयाँले सुनको मूल्य बढेको हो ।
शुक्रबार प्रतितोला ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज ९० हजार ७ सय रुपैयाँमा किनबेच भएको छ ।
त्यस्तै, शुक्रबार प्रतितोला ९० हजार रुपैयाँमा खरिद विक्रि भएको तेजाबी सुन आइतबार ९० हजार २ सय रुपैयाँमा खरिद विक्रि भएको छ । चाँदीको मुल्य भने स्थिर रहेको छ । आज १३ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ
५ वैशाख २०७८, आइतवार १२:४२ बजे प्रकाशित













