punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

देशभर थप ३३७ कोरोना संक्रमण पुष्टि

Chaupati
safha napa

पछिल्लो २४ घण्टामा देशभरमा थप ३ सय ३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घन्टामा ३ हजार ५ सय ३२ नमुनाको पीसीआर परीक्षण गर्दा ३ सय ३७ जनामा संक्रमण पुष्टि भएको हो । यसअघि हिजो ४ हजार ७१ नमुनाको पीसीआर परीक्षण गर्दा २ सय ८८ जनामा संक्रमण पुष्टि भएको
शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी गराए।

योसँगै देशभरमा कोरोना संक्रमितको संख्या दुई लाख ७९ हजार ७ सय २५ पुगेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार बितेको २४ घन्टामा १ सय ५१ जना निको भएका छन् ।

नेपालमा हालसम्म कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७३ हजार ८ सय ८६ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै, कोरोनाबाट थप १ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको कुल संख्या ३ हजार ३९ रहेको छ ।


२८ चैत २०७७, शनिवार १७:११ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु