punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

भारतमा थप एक लाख ४५ हजारमा कोरोना संक्रमण पुष्टि

Chaupati
safha napa

भारतमा थप एक लाख ४५ हजारमा कोरोना संक्रमण पुष्टि भएका छन्।
पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसबाट एक लाख ४५ हजार ३८४ जनामा कोरोना संक्रमण पुष्टि भएका हुन्।

शनिबार भारतमा देशभर कुल ७९४ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको यो संख्या कोरोना महामारी सुरु भएदेखि अहिलेसम्मकै सबैभन्दा ठूलो भएको स्वास्थ्य अधिकारीहरुले जनाएका छन्।

भारतमा अहिले पनि संक्रमित अवस्थामै रहेकाहरुको संख्या दस लाख ४६ हजार ६३१ रहेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ।

शुक्रबार मात्रै ७७ हजार ५६७ जना कोरोना भाइरस मुक्त भएका छन् भने अहिलेसम्म कोरोना भाइरस मुक्त भएकाहरुको संख्या एक करोड १९ लाख ९० हजार ८५९ छ।


२८ चैत २०७७, शनिवार १३:५९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु