महाकाली अस्पतालमा सुत्केरीको मृत्यु , बच्चा सकुुुशल
कञ्चनपुरको महाकाली अस्पतालमा एक सुत्केरी महिलाको मृत्यु भएको छ। जिल्लाको दोधारा चादँनी नगरपालिका ५ शिवनगर बस्ने २० बर्षीय ज्योती सुनारको मृृृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय प्रहरी निरीक्षक राजेश शाहीका अनुसार आज विहान सुनारको मृत्यु भएको हो। बुधबार राती सुत्केरी व्यथा लागेकी सुनारको स्थानिय अस्पतालमा उपचार सम्भव नभइपछि महाकाली अस्पताल ल्याइएको प्रहरी निरीक्षक शाहीले जानकारी दिएको छ।
महिलाको बच्चा भने सकुशल रहेको प्रहरी निरीक्षक शाहीले जानकारी गराए । महिलाको मृत्युबारे पिडीत पक्ष र अस्पताल समिती विच छलफल भइरहेको जनाइएको छ।
२७ फागुन २०७७, बिहीवार १७:११ बजे प्रकाशित































