punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

तिङ्कर सडक खण्डमा दुई वर्षमा बन्ने दुई पुल पाँच वर्षसम्म पनि बनेन्

Chaupati
safha napa

महाकाली करिडोर अन्तर्गत पर्ने दार्चुला तिङ्कर सडक खण्डको लास्कु र नजाङगाड खोलामा मोटरबेल पुल निर्माण सुरु भएको पाँच वर्ष भएपनि अझै काम सम्पन्न हुन सकेको छैन ।

सो सडक खण्डको मुख्य क्षेत्रमा पर्ने यी दुई पुल निर्माण समयमै नहुँदा सडक खण्ड वर्षातमा सडक अवरुद्ध हुँदै आएको छ । झण्डै दुई वर्षभित्रै निर्माण सक्नुपर्ने पूल निर्माण पाँच वर्षपछि मात्रै अन्तीम चरणमा पुगेको छ । पुल निर्माणमा भएको ढिलाईले सर्वसाधारणले समेत सास्ती भोग्नुपरेको छ ।

पुल निर्माण नहुने तर पटकपटक म्याद थपेको थप्यै गर्दा स्थानीयवासीले आवतजावतमै समस्या भोग्नुपरेको बताएका छन् । निजाङगाड खोला पुलमा राजेन्द्र मालिकार्जुन जेभीसँग २०७२ फागुन ५ गते निर्माण सम्झौता गरी २०७४ जेठ ४ गते सक्ने लक्ष्य थियो ।

सो पुल कूल दुई करोड ४६ लाखको लागतमा निर्माण गर्ने सम्झौता भएको हो । लास्कु खोला पुलमा राजेन्द्र देवसिंह मालिकार्जुन जेभीसँग २०७२ चैत १५ गते सम्झौता गरी २०७४ असार १४ गते निर्माण सम्पन्न हुनुपर्ने थियो । सो पुल कूल तीन करोड ५८ लाखको लागतमा निर्माण गर्नुपर्ने हो ।

एक दशक अघिबाट निर्माण सुरु भएको दार्चुला तिङ्कर सडक खण्डमा हालसम्म झण्डै ४३ किलोमिटर सडकको ट्र्याक खुलेको छ ।

अहिले सो सडक खण्ड ब्यास गाउँपालिकाको केन्द्र सुनसेराभन्दा तीन किलोमिटर अघिसम्म मात्रै पुगेको छ । सडक निर्माणसँगै पुल निर्माणमा सरकारी पक्ष र निर्माण व्यवसायीकै लापरवाहीका कारण समयमै निर्माण नसकिएको व्यवसायी चक्रबहादुर बम बताउँछन् ।

दुबै ठाउँमा पुल निर्माण नहुँदा स्थानीयवासीलाई आवतजावतमा निकै समस्या हुँदै आएको छ । हिउँदको चिसो महिनामा नदी भएर वारपार गर्न साह्रै अप्ठ्यारो हुन्छ । अहिले दुवै पुलको निर्माण कार्यले केही गति लिएको छ ।

निर्माण सामग्री समयमै आपूर्ति नहुनु तथा पुल निर्माणको लागि जिम्मेवारी दिएको व्यक्तिले समयमै काम गर्न नसक्नु पुल निर्माणको ढिलाइ भएको बताइएको छ ।

राजेन्द्र निर्माण सेवाका प्रतिनिधि अर्जुन गुर्दामी यसै आर्थिक वर्षको असारभित्र दुबै पुलमा गाडी गुड्ने गरी काम भइरहेको जानकारी दिए । उनले अहिले पुलको काम सन्तोषजनक रुपमा भइरहेको बताए ।


२७ फागुन २०७७, बिहीवार १७:१४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु