नेकपा कैलाली पार्टी कार्यालयमा एमालेको व्यानर टाँगियो
सर्वोच्चको फैसलापछि नेकपा पार्टी कार्यालय कैलालीमा नेकपा एमालेको व्यानर टाँगिएको छ। कार्यालयमा यसअघि टाँगिएको नेकपाको ब्यानर हटाएर नेकपा एमालेको ब्यानर टाँगिएको हो।
आइतबार सर्वोच्च अदालतले नेकपाको आधिकारिकता ऋषि कट्टेललाई दिँदै एमाले र माओवादी केन्द्रलाई व्युँताइदिएपछि एमालेले पार्टी कार्यालयमा नाम र साइनबोर्ड राख्न लागेको हो।
नेकपा ऐमालेका प्रदेश अध्यक्ष कर्ण थापा, पूर्व प्रदेश मन्त्री तथा सांसद् पठान सिह बोहरा, नेता रतन थापा लगायतको उपस्थिती भएर ब्यानर टाँगिएको हो। सो क्रममा यसअघि प्रचण्ड–माधव समूहको पक्षमा लागेका युवाहरुको पनि सहभागिता रहेको थियो ।
२५ फागुन २०७७, मंगलवार १४:४७ बजे प्रकाशित































