कालोपत्रेको माग गर्दै अत्तरीयामा चक्काजाम
कालोपत्रेको माग गर्दै कैलालीको अत्तरीयामा चक्काजाम गरिएको छ। अत्तरिया चोक कालोपत्रेको माग गर्दै स्थानीय व्यापारीहरुले आधा घण्टा चक्काजाम गरेका हुन।
अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष अशोकराज देवकोटाका अनुसार चोकमा उड्ने धुँवाधुलोले व्यापार, व्यवसाय गर्न असहज भएपछि सरोकारवाला निकायको ध्यानाकर्षण गर्न चक्काजाम गरिएको हाे ।
उनले पटक–पटक गोदावरी नगरपालिका तथा सडक डिभिजन कार्यालयलाई मौखिक एवंम लिखित रुपमा जानकारी गराउँदा समेत कुनै पहल नभएपछि चक्काजाम गर्न बाध्य भएको जानकारी गराए ।
२५ फागुन २०७७, मंगलवार १२:४७ बजे प्रकाशित































