punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

४ सन्तानसहित एक महिलाले कर्णालीमा हाम फालिन्

Chaupati
safha napa

विश्वभर नारी दिवस मनाइरहेका बेला दैलेखकी एक महिलाले कर्णाली नदीमा हाम्म फालेकी छन् । श्रीमानको अत्याचार सहन नसकेपछि जिल्लाको आठबिस नगरपालिका–३ निमाइलकी ३५ वर्षीया सुकी बडुवालले ४ छोराछोरीसहित कर्णाली नदीमा हाम फालेकी हुन् ।

नदीमा फाल हालेकामध्ये १४ वर्षीया कल्पना बडुवाल र १२ वर्षीया सरिता बडुवालको शव अछामको पञ्चदेववल विनायक नगरपालिका–४ स्थित कर्णाली नदीमा माछा मार्न प्रयोग गरिने डोरीमा बेरिएको अवस्थामा भेटिएको छ ।

आमा सुकी, १० वर्षीय ललित बडुवाल र पाँच वर्षीया रजनी बडुवाल भने अभै बेपत्ता छन् । उनीहरुको कर्णाली नदीमै खोजी भैरहेको प्रहरीले जनाएको छ ।

स्थानीयबासीका अनुसार सुकी सोमबार बिहानै घरबाट निस्केकी थिइन् । स्थानीयले नै सुकीलगायत सबै कर्णाली नदीमा हाम फालेको जानकारी प्रहरीलाई गराएका थिए ।

सुकीका श्रीमान मानसिंह बडुवालले दिनहुँ मदिरा सेवन गरेर श्रीमतीसँग झगडा गर्ने गरेको पनि खुलिसकेको छ ।

मानसिंहले नै प्रहरीमा दिएको जानकारी अनुसार घरायसी विवाद हुँदा छोरा र छोरीसहित श्रीमती घरबाट निस्किएका थिए ।

प्रहरीले मानसिंहलाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको थालेको जनाएको छ ।


२५ फागुन २०७७, मंगलवार १०:२१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु