punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बजारमा आउँदैछ अगाडि पछाडि दुवैतिर स्क्रिन भएको फोन, यस्ता छन् सुबिधा

Chaupati
safha napa

चीनको प्रमुख प्रविधि कम्पनी ह्वावेले चाँडै नै डुअल स्क्रिन भएको स्मार्टफोन सार्वजनिक गर्ने तयारी गरेको छ । जसको अगाडिसँगै पछाडि भागमा समेत क्यामेरा सेटअपका साथ अर्को डिस्प्ले देख्न सकिनेछ ।

ह्वावेले हालै मात्र यस्तो डुअल स्क्रिन मोबाइलका लागि पेटेन्ड दर्ता गराएको छ । यसका साथै ह्वावेको आकर्षक स्मार्टफोनको तस्वीर समेत देखा परेको छ । ह्वावेले आफ्नो अपकमिङ डुअल स्क्रिन स्मार्टफोनका लागि जुन तस्वीर पेटेन्ट गरेको छ, त्यसको सहयोगमा होइन्डी डिजाइनरले हाई क्वालिटी थ्रीडी इमेज बनाएका छन् ।

जसमा ह्वावेको यो नेक्स्ट जेनेरेसन मोबाइलको बाँकी विशेषता समेत देख्न सकिन्छ । पेटेन्ट तस्वीरका अनुसार ह्वावेको डुअल स्क्रिन फोनमा क्वावड रियर क्यामेराका साथै डुअल सेल्फी क्यामेरा समेत हुनेछ ।

यसको माथि सिरानी तथा तल पुछारमा साना बेजल्सका साथै साइडमा कर्भ्ड स्क्रिन देख्न सकिन्छ । यसका साथै यसको सेकेन्डरी स्क्रिन अझ विशेष छ ।

जुन पछाडि भागमा क्यामेरा सेटअपको साइडमा छ । ह्वावेको डुअल स्क्रिन फोनको पछाडि भागमा रहने डिस्प्ले प्यानलमा मिति, समय, मौसम पूर्वानुमान, नोटिफिकेसन, ब्याट्री, पावर र भ्यू फाइन्डर जस्ता जानकारी देख्न सकिनेछ ।

आगामी दिनमा ह्वावेले यो डुअल स्क्रिन स्मार्टफोनको बारेमा औपचारिक घोषणा गर्ने जानकारी समेत छ । यसका साथै ह्वावेले आउँदो महिना ह्वावे पी फिफ्टी सिरिजका फ्ल्यागशिप स्मार्टफोन समेत सार्वजनिक गर्नेछ ।

जसको विशेषता निकै खास हुनेछ । यो सिरिजमा ह्वावे पी फिफ्टी, ह्वावे पी फिफ्टी प्रो र ह्वावे पी फिफ्टी प्रो प्लस रहेका छन् ।


२४ फागुन २०७७, सोमवार ०९:२९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु