punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा मुख्यमन्त्री भट्टद्वारा शुभकामना

Chaupati
safha napa

आज ८ मार्च अर्थात १ सय ११ औँ अन्तराष्ट्रिय महिला दिवस मनाइँदैछ । महिलालाई पनि समान ज्याला र भोटको अधिकार हुनुपर्छ भन्दै अन्तर्राष्ट्रिय स्तरबाट सुरु भएको आन्दोलनको सम्झनामा हरेक वर्ष फागनु २४ गते तथा ८ मार्चको दिन यो दिवस संसारभर मनाइन्छ ।

यस वर्ष ‘महिलाको सुरक्षा, सम्मान र रोजगारः समृद्ध नेपालको आधार’ भन्ने नाराका अन्तर्राष्ट्रिय महिला दिवस मनाइदै छ । महिला अधिकारको लागि आन्दोलनको प्रेरणाको स्रोत मानिने यो दिवस नेपालमा पनि छुट्टा छुट्टै संघ संस्था, महिला संगठनहरुले विभिन्न कार्यक्रम गरि मनाउने गर्दछन् ।

यही अवसरमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले जनसंख्याको आधा भन्दावढी हिस्सा ओगटेको महिलाले हरेक क्षेत्रमा समान अधिकार पाउनुपर्ने बताएका छन् ।

शुभकामना सन्देश मार्फत देश, विदेश तथा प्रदेशमा रहेका सम्पूर्ण दिदी वहिनीमा शुभकामना ब्यक्त गर्दै भनिएको छ, ‘संविधानले लैङ्गिक भेदभाव विना राज्यका हरेक निकायमा समानुपातिक समावेशी सिद्धान्तको अधारमा सहभागी हुने हक सुनिश्चित गरेको भएपनि अझै समाजिकरुपमा देखिएका विकृति, विसंगति र महिलामाथि गरिने भेदभाव अन्त्यकालागि सामाजिक न्यायसहित रुपान्तरणको अभियानमा सहभागी हुन आग्रह गर्दछु।’

मुख्यमन्त्री भट्टले अगाडी भनेका छन्, ‘क्षतिपूर्ति स्वरुप थप अधिकारकालागि अवसर प्रदान गर्दै महिला दिदी वहिनीहरुमा सुख शान्ति, समृद्धि, सु-स्वास्थ्य एवं दिर्घायुको कामना गर्दछु ।’


२४ फागुन २०७७, सोमवार ११:३६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु