punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नेपालमा चिनियाँ लगानी बढ्यो, कुन देशबाट कति लगानी ?

Chaupati
safha napa

नेपाल औद्योगिक क्षेत्रमा चिनियाँ लगानी ह्वात्तै बढेर गएको छ । अघिल्ला वर्षहरूको तुलनामा चालू आर्थिक वर्षमा भारतलाई समेत पछि पार्दै चिनियाँ लगानीले अग्रता लिएको हो । चालू आर्थिक वर्षको ७ महिना (साउन–माघ) मा १८ अर्ब रुपैयाँ बढी चिनियाँ लगानीमात्र नेपाल भित्रिएको छ ।

उद्योग विभागको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको साउनदेखि माघसम्ममा कुल १८ अर्ब १७ करोड ७२ लाख रुपैयाँ चिनियाँ लगानीले नेपालमा व्यावसायिक स्वीकृति पाएको हो । यस्तो लगानी मुलुकको पर्यटन, उत्पादन, सेवा तथा कृषि क्षेत्रमा आएको विभागले जनाएको छ । भारतबाट भने ३ अर्ब ८६ करोडमात्र लगानी स्वीकृत भएको छ । 

उत्पादनमूलक सँगै सेवा क्षेत्रमा समेत आएको यस्तो लगानीले अधिकतम तीन हजार ८१ जनालाई रोजगारी दिने गरी विविध १०५ परियोजनका लागि विभागबाट स्वीकृति पाएको विभागका निर्देशक भक्तराज जोशीले रातोपाटीसँग बताए । 

१८ अर्ब रूपैयाँमाथिको लगानी एउटै मुलुकबाट आएको र बाँकी १२÷१३ देशबाट समेत सो समयमा उल्लेखनीय मात्रामा लगानी आएको जोशीले बताए । विभागको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको ७ महिनामा विविध क्षेत्रमा गरी कुल २८ अर्ब १३ करोड ८५ लाख रुपैयाँ बराबरको वैदेशिक लगानीले स्वीकृति पाएका छन् । 

कुन देशबाट कति लगानी ?
विभागका अनुसार सो समयमा चीन, अमेरिका, भारत, बेलायत, मलेसिया, सिङ्गापुर, बेल्जियम, मेक्सिको, दक्षिण कोरिया लगायत १३ भन्दा माथिका देशहरूबाट कुल २८ अर्ब रुपैयाँ बराबरको लगानीले विभागबाट स्वीकृति

पाएका छन् । जसमध्ये सबैभन्दा ठूलो लगानी स्वीकृति पाउने देश चीन हो । चीनले सो समयमा कुल १०५ परियोजनाका लागि १८ अर्ब रुपैयाँ बराबरको लगानी स्वीकृति पाएको छ । 
यस्तै, बेल्जियमले एक अर्ब ७५ करोड, ब्रिटिस भर्जिन आइसल्यान्डले तीन अर्ब, भारतले ३ अर्ब ८६ करोड, ताइवानले २५ करोड, बेलायतले २० करोड, मेक्सिकनले १५ करोड र दक्षिण कोरियाली लगानीकर्ताहरूले १३ करोडको स्वीकृति पाएका छन् । 

यी लगानीकर्ताले कुल एक सय ३१ वटा परियोजना सञ्चालन गरी करिब तीन हजार सात सय ४० जनालाई रोजगारी दिने भन्दै विभागबाट लगानीको स्वीकृत लिएका हुन् । ​
 

कुन क्षेत्रमा कति लगानी ?
विभागका अनुसार कुल २८ अर्ब १३ करोड रुपैयाँका लागि एफडीआई स्वीकृति दिइएकामा सो मध्यबाट उद्योग, पर्यटन, कृषि, ऊर्जा, सेवा तथा सूचना तथा सञ्चारजन्य क्षेत्रमा गरी ६–७ वटा क्षेत्रमा लगानी आएको विभागले जनाएको छ । 

जसमध्ये सबैभन्दा बढी पर्यटन क्षेत्रमा ८ अर्ब ३२ करोड रुपैयाँले स्वीकृति पाएको छ भने ६ अर्ब ५४ करोड सेवा मूलक क्षेत्रमा, ५ अर्ब ८३ करोड सूचना तथा प्रविधि क्षेत्रमा, ४ अर्ब ९७ करोड ऊर्जा क्षेत्रमा, २ अर्ब ५९ करोड उत्पादनमूलक क्षेत्रमा र ४० करोड रुपैयाँ कृषि क्षेत्रले पाएको छ । 

यद्यपि गत वर्षको तुलनामा यस वर्ष विदेशी लगानीमा केही कमी आएको छ । गत वर्षको सोही समयमा करिब ४० अर्ब रुपैयाँ बराबरको विदेशी लगानीले स्वीकृति पाउँदा यस वर्ष २८ अर्बले मात्र स्वीकृति पाएको विभागको तथ्याङ्कले देखाएको छ । तुलनात्मक रूपमा हेर्दा यो गत वर्षभन्दा करिब १८ अर्बले नै कमी हो ।


१५ फागुन २०७७, शनिवार १२:२३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु