कैलालीमा एक जना कोरोना संक्रमितको मृत्यु
कैलालीको गोदावरी नगरपालिकाका एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पताल धनगढीको कोभिड अस्थायी अस्पतालमा उपचाररत गोदावरी नगरपालिका वडा नं. २ का ७० वर्षिय कोरोना संक्रमित पुरुषको मृत्यु भएको हो।
अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार उपचाररत धामीको सोमबार बिहान ५ बजेतिर मृत्यु भएको छ । कडा खालको निमोनिया र श्वासप्रश्वासमा समस्या देखिएपछि फागुन ३ गतेदेखि ती संक्रमितको भेन्टिलेटरमा राखेर उपचार भइरहेको उनले बताए ।
अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत उनि एक जना मात्र संक्रमित रहेका थिए ।
१० फागुन २०७७, सोमवार १२:२० बजे प्रकाशित































