punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

उपेन्द्रका ‘विश्वासपात्र’ रातारात नेकपामा, ओलीले गरे बालुवाटारमै स्वागत

Chaupati
safha napa

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवका विश्वासपात्र मानिएका केन्द्रीय सदस्य डा। शिवजी यादव सत्तारुढ दल नेकपा ओली समूहमा प्रवेश गरेका छन् ।

उनी अबेर राति बालुवाटार पुगेर नेकपामा प्रवेश गरेका हुन् । यादवलाई प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपामा मङ्गलबार राति १० बजे प्रवेश गराएका हुन् ।

जसपाका अध्यक्ष यादवसँगको मनमुटावका कारण ओली समूहमा प्रवेश गरेको उनीनिकट एक नेता बताउँछन् ।

डा। यादव दोस्रो संविधानसभामा समानुपातिक तर्फका सदस्य थिए । उनी तत्कालीन मधेसी जनअधिकार फोरम र पछि संघीय समाजवादी फोरमको संसदीय दलका प्रमुख सचेतक रहेका थिए ।


२१ माघ २०७७, बुधवार १०:२२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु