लेखराजको नाम नलिएर प्रचण्डले भने, ‘दलालका पनि दलाल भए’

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लेखराज भट्टको नाम नलिएर उनलाई दलालको संज्ञा दिका छन् । आफ्नो समूहको धनगढीमा आयोजित भेलालाई सम्बोधन गर्दै उनले दलालका पछि लागेर दलालका पनि दलाल बनेको बताए ।

सुदूरपश्चिमकै नेता बनाएको व्यक्तिले आफूलाई धोका दिएर गएको भन्दै उनले लेखराजको विरोध गरे । ‘सुदूरपश्चिबासीलाई यही हो तपाईहरुको नेता भन्दै आएँ, पटक–पटक मन्त्री पनि बनाएँ,’ उनले भने, ‘अहिले त्यो व्यक्ति केपी ओलीको पछि लागेछ ।’ दलाल केपी ओलीका पछि लागेर उनी झन दलालका पनि दलाल बनेको भनाईइ थियो ।

‘सुरुमा आफू त्यो विषयले चिन्तित भएको थिएँ,’ प्रचण्डले भने, ‘पछि थाहा पाउँदा सुदूरपश्चिममा ९५ प्रतिशत नेता कार्यकर्ता आफूहरुकै पक्षमा रहेको थाहा पाएपछि खुशी भएँ ।’ धनगढीको भेलाले पनि त्यही कुरालाई पुष्टि गरेको उनले बताए ।


१७ माघ २०७७, शनिवार १५:५१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु