punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

खानेपानीको विषयमा दुई गाउँबीच विवाद

Chaupati
safha napa

डडेधुराको भागेश्वर गाउँपालिकामा निर्माणधिन रहेका स्वबीगडा खानेपानी योजनाको विषयमा दुई गाउँबीच विवाद बढेको छ ।

गाउँपालिकाको वडा नम्बर ४ का गुदरा र आरकुडा गाउँबीच खानेपानीका विषयमा विवाद भएको हो । विहीबार विवाद सुल्झ्याउन बोलाइएको बैठकमा दुबै गाउँका मानिसहरुबीच कुटाकुटसमेत भएको छ ।

स्वबीगडा खानेपानी योजना समितिका अध्यक्ष भीमदत्त जोशीले इस्टिमेट समेत तयार भएर बनिरहेको योजनामा विवाद गर्नु उचित नभएको बताएका छन् । उनका अनुसार उक्त खानेपानीको मुल दर्ता भएर गाउँपालिकाबाट योजना स्विकृत भई बजेट समेत पारित भइसकेको छ।

अहिले खानेपानी योजनाका लागि धनगढीबाट सामान समेत आइसकेको अध्यक्ष जोशीले बताए। उनकाअनुसार पहिले विभिन्न छलफल, सार्वजनिक सुनुवाई हुँदा कुनै विवाद आएको थिएन।

७६ लाख गाउँपालिका र ग्रामीण जनस्रोत व्यस्थापन परियोजना (आरभीडब्लुआरएमपी) र जनश्रमदान गरेर १ करोड ९ लाखमा उक्त खानेपानी योजनाको कार्य भइरहेको छ ।


१५ माघ २०७७, बिहीवार १४:४५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु