punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नेकपाका दुवै पक्षलाई निर्वाचन आयोगले छलफलका लागि बोलायो

Chaupati
safha napa

राजनीतिक रूपमा विभाजित नेकपाका दुवै पक्षलाई निर्वाचन आयोगले छलफलका लागि बोलाएको छ ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न सूचना प्रकाशित गर्ने सम्बन्धमा छलफलका लागि भनेर नेकपाका दुवै अध्यक्षलाई पत्राचार गरिएको छ ।

निर्वाचनको तयारी र निर्वाचनका लागि दल दर्ताका लागि सूचना प्रकाशित गर्ने सम्बन्धमा छलफलका लागि भनेर हामीले नेकपाका दुवै अध्यक्षलाई पत्राचार गरेको उनले बताए । अध्यक्ष वा अध्यक्षले तोकेका ५ जनालाई शुक्रवार बिहान साढे ११ बजेका लागि बोलाइएको उनले बताए ।

दुवै पक्षले अध्यावधिक गर्नका लागि भनेर दिएका विवरण दल दर्ता किताबमा समावेश गर्न आयोगले अस्वीकार गरिदिएको थियो ।

निर्वाचन आयोगबाट विभाजनको आधिकारिकता नपाए पनि नेकपाका दुवै पक्षले छुट्टाछुट्टै गतिविधि जारी राखेका छन् ।


१५ माघ २०७७, बिहीवार १४:१९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु