ट्रान्सपरेन्सीको अध्ययन : नेपालमा भ्रष्टाचार बढ्यो
नेपालमा भ्रष्टाचार बढ्दै गएको एक प्रतिवेदनले औंल्याएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनलले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार नेपालमा भ्रष्टाचार बढेको पाइएको हो ।
ट्रान्सपरेन्सी इन्टरनेशनलले यसवर्ष १८० देशमा गरेको (भ्रष्टाचार अवधारणा सूचकांक) सर्वेक्षणमा नेपाल भ्रष्टाचार हुने देशको ११७ औं नम्बरमा परेको हो ।
ट्रान्सपरेन्सीको गत वर्षको सर्वेक्षणमा नेपाल भ्रष्टाचारको ११३ औं स्थानमा थियो भने यो वर्ष बढेर ११७ औं स्थानमा पुगेको हो ।
अर्थात गतवर्ष भन्दा ४ अंकले नेपालमा भ्रष्टाचार बढेको तथ्यांकले देखाएको छ । ट्रान्सपरेन्सी इन्टरनेशन नेपालले पत्रकार सम्मेलन गरेर डेनमार्क र न्युजील्याण्ड सवैभन्दा कम भ्रष्टाचार हुने मुलुकमा परेको जनाएको छ ।
सर्वेक्षणमा कुल सय अंकमा डेनमार्क र न्युजील्याण्डले कुल सयमा ८८ अंक प्राप्त गरेका छन् । नेपालले भने ३३ अंक मात्रै पाएको छ । साउथ सुडान र सोमालिया सवैभन्दा बढी भ्रष्टाचार हुने देशको सूचीमा परेको ट्रान्सपरेन्सीको सर्वेक्षणले जनाकारी दिएका छन् । उनीहरुले एक सय मा १२ अंक मात्र प्राप्त गरेका छन् ।
१५ माघ २०७७, बिहीवार १४:०५ बजे प्रकाशित































