पुस २४ गते दुई मन्त्री धनगढी आउँदै
पुस २४ गते उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशङ्कर थारु धनगढी आउने भएका छन् ।
सोमबार दिउँसो दुवै मन्त्री धनगढी पुग्ने उद्योग मन्त्री भट्टका स्वकिय सचिव हितेस ओझाले जानकारी गराए।
साथमा नेकपा एमाले प्रदेश अध्यक्ष कर्ण थापा पनि आउँदै गरेको उनले बताए ।
आगामी २४ गते प्रधानमन्त्री केपी शर्मा ओली धनगढी आउने भएका छन् । त्यही कार्यक्रमको पूर्व सन्ध्यामा दुई मन्त्री र प्रदेश अध्यक्ष धनगढी पुग्न लागेका हुन् ।
२० पुस २०७७, सोमवार १४:११ बजे प्रकाशित































