punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नेपालमा जलपन्छी गणना शुरु गरिदै

Chaupati
safha napa

हिउँदको चिसो बढेसँगै चराहरूको बसाइँसराइ हुने यस समयमा सिमसार क्षेत्रमा आश्रित रैथाने तथा आगन्तुक चराको विवरण र अवस्था पत्ता लगाउन एवं सङ्ख्याको अध्यावधिक गर्न शनिबारदेखि जलपन्छीको गणना शुरु गरिदै छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, नेपाल पन्छी संरक्षण संघ, हिमाली प्रकृति र स्थानियस्तरमा चरा तथा जैविक विविधता संरक्षणको क्षेत्रमा काम गर्ने संस्थाको हातेमालोमा गरिने यस गणनाको विश्वव्यापी रुपमा समन्वय वेटल्याण्ड इन्टरनेशनल संस्थाले जलपन्छीको गणना शुरु गरिदै हो ।

नेपालमा यही पुस १८ देखि माघ ५ गते जनवरी २ देखि १८ सम्म हुने जलपन्छी गणनामा यस क्षेत्रका विज्ञ, सम्बन्धित संघसंस्थाका प्रतिनिधि, स्थानीय स्वयंसेवीलगायत गरी ३०० भन्दा बढी जनशक्ति सम्लग्न रहेको संस्थाले बताइएको छ । यस वर्ष कोभिड–१९ को संक्रमणका कारण स्वास्थ्य सुरक्षा सतर्कता अपनाएर गणना गर्न आयोजक संस्थाले आग्रह समेत गरेका छन् ।
नेपालमा हाल १०० भन्दा बढी प्रजातिका जलपन्छी रहेको र त्यसमध्ये अधिकांश पाहुना चरा रहेको जानकारी गराइन्छ ।

हिउँदे आगन्तुक चराले अधिकांश समय कोशीटप्पु, बिसहजारी ताल, जगदिशपुर, घोडाघोडी ताल, शुक्लाफाँटाका ताल क्षेत्र तथा कोशी, गण्डकी, नारायणी नदी र त्यसका सहायक नदीमा व्यतीत गर्छन्

गणनाका राष्ट्रिय संयोजक डा.हेमसागर बरालले स्वयंसेवीरूपमा गरिएको यस गणनामा स्थानीय समुदाय र सरोकारवाला निकायलाई सहभागी बनाई संरक्षणमा जनचेतना अभिवृद्धिसमेत गर्ने उद्देश्य रहेको बताए ।

मुलुकभरका पाँच दर्जन बढी सिमसार क्षेत्र, तालतलैया र नदीमा गरिने जलपन्छी गणना तराई क्षेत्रका सिमसार क्षेत्रमा बढी केन्द्रित हुने उनले बताउदै शनिबार पूर्वको कोशी टप्पु वन्यजन्तु आरक्ष र सुदूरपश्चिमको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट गणनाको शुरुआत भएको बताए ।

वेटल्याण्ड इन्टरनेशनलको अगुवाइमा विश्वभर नै यही समयमा जलपन्छी गणना हुने भएकाले विश्वभरकै जलपन्छीको सङ्ख्या आँकलन हुने उनले जानकारी गराए ।
यस गणनामा सहयोग र समन्वयका लागि विभागले मातहतका सबै कार्यालयलाई पत्र पठाइसकेको उनले बताए । नेपालका सिमसार क्षेत्रमा यतिबेला विभिन्न प्रजातिका हाँस, बकुल्ला, लामा आउले, सुडसुडियलगायतका चरा बढी देखिन्छन् ।

सन् १९८७ देखि नेपालमा पनि हुँदै आएको यो गणनामा जलपन्छीका प्रजाति, तिनको सङ्ख्या, सङ्कट र वासस्थानमा देखिएका समस्याजस्ता जानकारीको अभिलेख राखिन्छ । गणनामा संलग्न संस्था नेपाल पन्छी संरक्षण संघका संरक्षण अधिकृत कृष्णप्रसाद भुसालले आफूलाई पायक पर्ने ठाउँमा हुने जलपन्छी गणना कार्यक्रममा इच्छुकले सहभागी हुन सक्ने बताउँदै कुनै खास स्थान अथवा दूरीमा आफूले देखेका पानी चराका प्रजाति, तिनको सख्या, सङ्कट र बासस्थानमा देखिएका समस्याजस्ता जानकारी गराउन स्वयंसेवीलाई आग्रह गरे ।

संघले नेपालमा ८८६ भन्दा बढी प्रजातिका चरा पाइन्छन् । त्यसमध्ये १५० भन्दा बढी हिउँदमा र ६० भन्दा बढी चरा गर्मीयाममा नेपाल आउने पाहुना चरा हुन् । खासगरी उत्तरी ध्रुवमा हिमपातको शुरुआतसँगै अनुकूल मौसम, सुरक्षित वासस्थान र चरनको खोजीमा बर्सेनि करिब १५० प्रजातिका चरा उत्तरी मुलुक रुस, किर्गिजस्तान, तुर्किस्तान, उज्वेकिस्तान, अजरवैजान, चीन, मङ्गोलियाका साथै युरोप, कोरिया तथा तिब्बती क्षेत्रबाट नेपालमा चराहरु आउने गर्दछन् ।

पाहुना चराको दिगो संरक्षण, तिनको आहार, वासस्थान र उडान मार्गको सुरक्षा साथै आश्रयस्थलका लागि मुलुकका सिमसारको दिगो संरक्षण तथा व्यवस्थापन गर्नु आवश्यक रहेको संरक्षण अधिकृत भुसालले बताए ।

चराको बसाइँसराइ मौसमअनुसार फरकफरक हुन्छ । हिउँदेयामको बसाइँसराइ सबैभन्दा लामो दूरीको हुन्छ । ग्रीष्मयामको बसाइँसराइ तुलनात्मकरूपमा कम दूरीको हुन्छ । हिउँदेयाममा तराईका तालतलैयामा बाहिरबाट आएका हाँस प्रजातिका चरा बढी देखिन्छन् । चराको हिउँदेयामको बराइँसराइ असोजको शुरुदेखि माघसम्म हुने गर्छ । हिउँदे आगन्तुक चराले अधिकांश समय कोशीटप्पु, बिसहजारी ताल, जगदिशपुर, घोडाघोडी ताल, शुक्लाफाँटाका ताल क्षेत्र तथा कोशी, गण्डकी, नारायणी नदी र त्यसका सहायक नदीमा व्यतीत गर्छन् ।

पछिल्ला वर्षमा खासगरी सिमसार क्षेत्रको सङ्कुचन तथा विनाश, उडान मार्गमा हुने अवरोध, कृषिमा रासायनिक मलको बढ्दो प्रयोग, जलस्रोतमा विषादीको प्रयोग, अवैध चरा शिकार तथा व्यापार, बदलिँदो तापमान र मौसम परिवर्तनजस्ता कारणले जलपन्छी विस्थापित हुँदै गएका छन् ।


१८ पुस २०७७, शनिवार ११:१८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु