punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

रेशम चौधरीको रिहाइ माग गर्दै  थरूहटद्वारा आन्दोलनको घोषणा

Chaupati
safha napa

रेशम चौधरीलाई रिहाइको माग गर्दै टीकापुर थरुहट र थारुवान् विद्रोह राजबन्दी रिहाइ राष्ट्रिय अभियानले आन्दोलन घोषणा गरेको छ।​

रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन आयोजना गरी उनीहरुसहित २१ वटा विभिन्न संघसंस्था अभियानको पक्षमा रहेको बताएका छन्। संयोजक सुरेन्द्र चौधरीले आन्दोलन कार्यक्रम घोषणाबारे जानकारी दिएका हुन्।

पहिलो र दोस्रो चरणको अभियान नाम दिइएको आन्दोलन कार्यक्रममा विभिन्न पक्ष र क्षेत्रका व्यक्तिसँग अन्तक्रिया गर्ने, प्रदर्शन गरी सिडिओहरुलाई ज्ञापनपत्र पेश गर्ने, पेनडाउन गर्न लगाउने, लाठी जुलुस प्रदर्शन गर्ने, आमसभाको आयोजनादेखि थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने तय भएको जनाइएको छ।

टीकापुर थरुहट र थारुवान विद्रोह राजबन्दी रिहाइ राष्ट्रिय अभियानका संयोजक सुरेन्द्र चौधरीले टीकापुर घटना व्यक्ति विशेषको आन्दोलन नभएको भन्दै पूर्वाग्रही तरिकाले व्यक्ति विशेषलाई पक्राऊ गरी जेल हाल्ने गतिविधि भएको आरोप लगाए।

उनले सुरक्षाकर्मी उतारेर थारुमाथि दमन गरेको आरोप लगाए। चौधरीले भने, ‘यो घटनालाई राजनीतिक छलफलबाट समाधान गरिनुपर्छ।’ घटनालाई जाति विशेष मुद्दा नबनाएर राष्ट्रिय मुद्दा बनाउन उनले आग्रह गरे।


१८ पुस २०७७, शनिवार १०:४७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु