punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

प्रधानमन्त्री कप महिला क्रिकेटः सुदूरपश्चिमको विजयी सुरुवात

Chaupati
safha napa

प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रकेट प्रतियोगिता अन्तर्गत मंगलबारबाट समूह ‘बी’का खेल सुरु भएका छन्। मंगलबार भएको खेलमा सुदूरपश्चिम प्रदेशले विजयी सुरुवात गरेको छ ।

समूह ‘बी’मा रहेको सुदूरपश्चिमले प्रतियोगितामा विजयी सुरुवात गर्ने क्रममा मंगलबारको पहिलो खेलमा गण्डकी प्रदेशलाई ५९ रनले पराजित गर्‍यो।

खेलमा सुदूरपश्चिमले दिएको १ सय ८ रनको विजयी चुनौतीलाई पछ्याएको गण्डकी निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ४८ रनमा सिमित हुन् पुग्दा नतिजा सुदूरपश्चिमले आफ्नो पक्षमा पार्न सफल भयो।

ब्याटिङतर्फ गण्डकी प्रदेशका लागि कुनै ब्याटरले दोहोरो अंकको रन जोड्न सकेनन्। उसका लागि सृष्टी पौडेलले ८ रन र ज्योत्सनिका मरासिनीले अविजित रहँदै ६ रन जोडिन्। बलिङमा सुदूरपश्चिमकी सुनिता लोहारले २ विकेट हात पार्दा कविता कुवँर, रितु कनौजिया र लक्ष्मी साउदले १–१ विकेट लिइन्।

त्यसअघि देउखुरी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले १९।३ ओभरमा आफ्नो सबै विकेट गुमाएर १ सय ७ रन बनाएको थियो। टिमले उक्त योगफल खडा गर्ने क्रममा उसका लागि ओपनर ब्याटर रेवती धामीले सर्वाधिक ठूलो पारी खेलिन्। ३६ बलको सामना गरेकी उनले २ चौकासहित २७ रन बनाइन्।

यस्तै रेवती बाहेक टोलीका लागि कप्तान विन्दु रावलले १३ रन, ओपनर मन्जु बोगटीले १० रन र रुवी पोदारले ५ रन बनाइन् ।

बलिङतर्फ गण्डकी प्रदेशका लागि सृष्टी पौडेल र अलिशा लामिछानेले ३–३ विकेट हात पारिन्। अञ्जली विश्वकर्माले पनि पनि १ विकेट लिन सफल भइन्।

यस्तै समूह ‘बी’मा रहेको प्रदेश १ ले प्रतियोगितामा विजयी सुरुवात गर्ने क्रममा बागमतीलाई ४६ रनले पराजित गर्‍यो। खेलमा प्रदेश १ ले प्रस्तुत गरेको १ सय ७ रनको लक्ष्यलाई पछ्याएको वागमती १६।४ ओभरमा अलआउट हुँदै ६० रनमा सिमित हुन पुग्यो।

बागमतीका लागि कन्चन श्रेष्ठले सर्वाधिक १३ रन बनाउँदा सुमन खतिवडाले १२ रन बनाइन्। यी दुई ब्याटर बाहेक अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन्।

बलिङतर्फ प्रदेश १ का लागि निग्मा तामाङले ३ तथा अप्सरी बेगमले २ विकेट हात पारिन्। सबनम राई, अलिशा खाडिया र निशा शाहले पनि १–१ विकेट लिइन्।

त्यसअघि देउखुरी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको प्रदेश १ ले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ६ रन बनाएको थियो। प्रदेश १ ले बलियो योगफल बनाउने क्रममा उसका लागि कप्तान रुविना क्षेत्रीले कप्तानी पारी खेलिन्। ५५ बलको सामना गरेकी उनले अर्धशतकीय पारी खेल्ने क्रममा ६ चौकाको सहयोगमा ५५ रनको योगदान दिइन्। यस्तै टोलीका लागि अप्सरी बेगमले १६ रन बनाउँदा निग्मा तामाङले ५ रन जोडिन्।

बलिङतर्फ बागमतीका लागि स्पिनर आरती बिडारीले ३ ओभरमा १८ रन खर्चेर २ विकेट लिइन्। कप्तान अस्मिना कर्माचार्य, निग्मा तामाङ र कृष्मा गुरुङले १–१ विकेट लिइन्।

यता प्रतियोगितामा समूह ‘ए’बाट एपीएफ र लुम्बिनी प्रदेश सेमिफाइनल पुगेका छन्। एपीएफ समूह विजेता हुँदै सेमिफाइनल पुग्दा लुम्बिनी उप–विजेता बन्दै सेमिफाइनल पुगेको छ।


१४ पुस २०७७, मंगलवार १९:३७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु