punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

तीन लाख बढी रकमसहित २२ जुवाडे पक्राउ

Chaupati
safha napa

दार्चुला प्रहरीले जिल्लाको महाकाली नगरपालिकाबाट ३ लाख बढी रकमसहित २२ जना जुवाडेलाई पक्राउ गरेको छ।

नगरपालिकाको वडा नम्बर ४ विद्यानगर टोलमा स्थानीय गोविन्दबहादुर धानुकको घरमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरिएको हो। उनीहरुबाट प्रहरीले तीन लाख ३७ हजार सात सय ६७ रुपैयाँ पनि बरामद गरेको छ ।

पक्राउ परेका जुवाडेहरुमाथि मुलुकी अपराध संहिता २०७४ को दफा १२५ अन्तर्गत मुद्दा चलाइने जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी नायव उपरीक्षक भास्कर चन्दले जानकारी दिए ।


१४ पुस २०७७, मंगलवार १५:१० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु