punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

प्रचण्ड निवासमा गौतम

Chaupati
safha napa

नेकपा नेता वामदेव गौतम नेकपाको दाहाल–नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निजी निवास खुमलटार गएका छन् । शनिबार बिहानै नेता गौतम प्रचण्डलाई भेट्न खुमलटार पुगेका हुन् ।

सत्तारुढ नेकपाको विभाजनपछि कतै पनि नखुलेका नेता गौतम केही समय गफिएर फर्किएका छन् । पार्टी विभाजनपछि कतै पनि नगएका गौतम किन खुमलटार पुगे भन्नेबारेमा केही खुलेको छैन ।

यसअघि नेकपाका अर्का नेता रामबहादुर थापा बादल र गौतम संवादमा थिए । बादल बालुवाटार फर्किइसकेका छन् । पार्टी विभाजनको दिन गौतमलाई भेट्न माधवकुमार नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ भैंसेपाटीस्थित निवासमै पुगेका थिए । उनीहरुको आग्रहलाई मानेर गौतम बैठकमा सहभागी भने भएनन् ।

गौतम निकट स्रोतका अनुसार उनी दुवैतिर बाक्लो संवादमा छन् । उनी निकट नेताहरु भने दुवैतिर बाँडिएर कित्ता स्पष्ट पारिसकेका छन् ।


११ पुस २०७७, शनिवार ११:२६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु