punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पूर्वमाओबादी गुटका बादल र भट्टले दिए ओलीलाई साथ

Chaupati
safha napa

संसद विघटनको विरोधमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल पक्षका सात जना मन्त्रीले राजीनामा दिएपनि सोही समूहका दुई जना मन्त्रीले भने ओलीलाई साथ दिएका छन् ।

गृहमन्त्री रामबहादुर थापा बादल र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले भने राजीनामा दिएनन् । उनीहरु दुबै जना पूर्वमाओबादी गुटबाट मन्त्री भएका थिए ।

अन्य ७ मन्त्रीले राजीनामा घोषणा गरिँदा गृहमन्त्री बादल र उद्योगमन्त्री भट्ट बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफलमा थिए ।

बादलले यसअघि पार्टी एकता कार्यान्वयन गराउनका लागि महाधिवेशनसम्म आफू तटस्थ रहने बताउँदै आएका थिए भने भट्ट पनि ओलीको समर्थनमा आफ्नो धारणा राख्दै आएका थिए ।


५ पुस २०७७, आइतवार १७:२५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु