punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

संसद विघटनपछि सात मन्त्रीले दिए राजीनामा

Chaupati
safha napa

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनपछि त्यसको विरोध गर्दै सात जना मन्त्रीले सामूहिक राजीनामा दिएका छन् ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल निकट मन्त्रीहरुले राजीनामा दिएका हुन् ।

राजीनामा दिनेहरुमा कृषिमन्त्री घनश्याम भुसाल, पर्यटनमन्त्री योगेश भट्टराई, उर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्ति बस्नेत, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, खानेपानीमन्त्री विना मगर र श्रममन्त्री रामेश्वर राय यादव छन् ।

उनीहरुले आफूहरुले असहमति जनाउँदा जनाउँदै पनि प्रधामन्त्री ओलीले संसद विघटनका लागि सिफारिस गरेको बताएका छन् ।


५ पुस २०७७, आइतवार १६:५८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु