सुरक्षा घेराभित्र ओली पक्षको प्रदेशस्तरीय भेला

केन्द्रीय राजनीति आएको उथलपुथलको असर देशका विभिन्न ठाउँमा परेको छ । त्यसैक्रममा आज धनगढीमा प्रधानमन्त्री केपी शर्मा ओली निटक युवाहरुले सुरक्षा घेरामा प्रदेशस्तरीय भेला आयोजना गरेका छन्।

कार्यक्रम पूर्वनिर्धारित भएपनि भेलामा ओली पक्षको मात्रै सहभागिता रहेको छ । राष्ट्रिय एकताका लागि जनदवाव कार्यक्रम आयोजना गरिएका बेला प्रधानमन्त्री ओली पक्षले संसद विघटन गरेका छन् ।

ओमप्यालसमा कार्यक्रम भइरहेको छ भने गेटमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा दिइरहेका छन् । भेलामा नेकपाका सुदूरपश्चिम प्रदेश अध्यक्ष कर्णबहादुर थापा, राष्ट्रिय सभा सदस्य निरु पाललगायतको सहभागिता रहेको छ ।

ओली पक्षले भेला आयोजना गरेका छन् भने प्रचण्ड–नेपाल पक्ष संसद विघटनविरुद्ध उत्रिएको छ ।


५ पुस २०७७, आइतवार १५:५१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु