punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पोखरामा नेकपाका विद्यार्थीले जलाए प्रधानमन्त्रीको पुत्ला

Chaupati
safha napa

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार संसद विघटन गर्न गरेको गरेको विरुद्ध पोखरामा नेकपाकै युवा विद्यार्थी आन्दोलित भएका छन्।

नेकपाको भ्रातृ संस्था अनेरास्ववियु र राष्ट्रिय युवा संघका नेता कार्यकर्ताले आइतबार पोखरामा प्रधानमन्त्री ओलीको पुत्ला जलाएका हुन्।

पुत्ला जलाएपछि आयोजित विरोध सभामा बोल्दै अनेरास्ववियुका केन्द्रीय सदस्य क्षितिज सापकोटाले प्रधानमन्त्री ओलीले आन्दोलनको आँधी सामना गर्न तयार हुनुपर्ने बताए।

प्रधानमन्त्री ओलीले सिफारिस गरेको संसद विघटन प्रस्ताव संवैधानिक ‘कू’ भएको उनले बताए। विगतमा आन्दोलनकै बलबाट राजा महाराजा फालेको भन्दै उनले ओलीलाई पनि आन्दोलनबाटै फाल्ने चेतावनी दिए।

सभालाई सम्बोधन गर्दै राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य पूर्ण लामाले प्रधानमन्त्री ओलीकै कारण सरकार र नेकपा बदनाम भएको बताए। ओलीको स्वच्छाचारी शैली नसच्याए आन्दोलनको बलबाट सच्याउने र पार्टीबाट कारबाही हुने उनको भनाइ छ।

यस्तै, नेकपाका प्रचण्ड–नेपाल पक्षका विद्यार्थी र समाजवादी विद्यार्थी युनियनले पृथ्वीनारायण क्याम्पस गेटमा पनि प्रधानमन्त्री ओलीको पुत्ला जलाएका छन्।


५ पुस २०७७, आइतवार १५:२५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु