Hotel Flora Long Ad

कोरोनाविरुद्धको अर्को खोप मोडोर्नाले पनि पायो मान्यता

अमेरिकामा कोरोना भाइरलविरुद्धको खोप भाइजरले मान्यता पाएपछि मोडर्ना खोपले पनि मान्यता पाएको छ । यसै साता अमेरिकाले फाइजरको कोरोना खोपलाई प्रयोगका लागि मान्यता दिएको थियो ।

त्यसपछि अमेरिकाले विभिन्न क्षेत्रमा फाइजरको खोप लगाउने कार्य जारी रहेको छ । अमेरिकाको खाद्य तथा औषधि प्रशासनले शुक्रबार मोडर्नाको खोपलाई मान्यता दिएको हो ।

अमेरिकी अधिकारीका अनुसार मोडर्नाले आगामी सोमबार ५९ लाख खोप अमेरिकालाई हस्तान्तरण गर्दैछ । परीक्षणका क्रममा यो खोप ९५ प्रतिशत सफल भएको बताइएको थियो ।

कोभिड–१९ विरुद्धका दुईवटा खोपलाई आम रुपमा प्रयोगका लागि मान्यता दिने अमेरिका पहिलो देश बनेको छ ।


४ पुस २०७७, शनिवार १०:१२ बजे प्रकाशित

Dhangadi Corona

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु