punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

एक करोड कोरोना संक्रमित नाघ्ने दोस्रो देश बन्यो भारत, कति पुगे ?

Chaupati
safha napa

अमेरिकापछि भारत कोरोना भाइरस (कोभिड-१९) संक्रमित एक करोड नाघ्ने दोस्रो देश बनेको छ। शुक्रवार भारतमा २७ हजार २२ जनालाई कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमित संख्या एक करोड नाघेको हो ।

योसँगै भारतमा हाल एक करोड ४ हजार ८९३ जनालाई कोरोना संक्रमण पुष्टि भइसकेको छ। अमेरिकामा एक करोड ७८ लाख बढीलाई कोरोना पुष्टि भइसकेको छ।

भारतमा कोरोनाका कारण एक लाख ४५ हजार जनाले ज्यान गुमाइसकेका छन्। शुक्रवारमात्र ३४२ जनाको मृत्यु भएको थियो। हालसम्म अमेरिकामा २ लाख ५१ हजार ९२३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ।

कोरोना संक्रमणकै कारण विश्वमा १६ लाख बढी मानिसहरुको ज्यान गइसकेको छ भने सात करोड ५९ लाख भन्दा बढी मानिसहरुमा संक्रमण पुष्टि भइसकेको छ।


४ पुस २०७७, शनिवार ०९:०८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु