मोटरसाइकलको ठक्करबाट धनगढीमा ३ जना घाइते

मोटरसाईकलको ठक्करबाट धनगढीमा ३ जना घाइते भएका छन् ।

मंगलबार साँझ साढे ६ बजेको समयमाजिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर १४ फुलबारीबाट धनगढी आइरहेको सुप प्र ०२०३००९ प ८३४९ नम्बरको मोटर साइकलले ठक्कर दिँदा पैदल यात्री धनगढी उपमहानगरपालिका वडा नम्बर १४ की ४० वर्षीय खेमादेवी बोहरा, ७५ वर्षीया कलापती भट्ट घाइते भएका हुन् ।

मोटरसाइकलमा सवार धनगढी उपमहानगरपालिका वडा नम्बर ७ बेली बस्ने २५ वर्षीय भगीराम चौधरी पनि घाइते भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।
घाइतेको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको बताउदै मोटरसाइकल र चालक वडा नम्बर ७ बेली बस्ने १९ वर्षीय रविन चौधरीलाई सिमा प्रहरी चौकी बहुलीयाले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।


२४ मंसिर २०७७, बुधवार १०:४९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु