punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बलात्कार आरोपी सिद्धबाबालाई अदालतले दियो सफाई

Chaupati
safha napa

बलात्कार आरोप लागेका चताराधाम आश्रमका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई सुनसरी जिल्ला अदालतले सफार्इ दिएको छ।

सोमबार सुनसरी जिल्ला अदालतका न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले गिरीलाई सफार्इ दिने फैसला गरेको हो। यसअघि गिरीलाई जिल्ला अदालत सुनसरी, उच्च अदालत विराटनगर र सर्वोच्च अदालतले पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको थियो।

तिनै तहका अदालतले कारागार चलानको आदेश दिएपछि गिरी त्यसविरूद्ध फैसला माग्दै जिल्लन अदालत सुनसरी अदालतमा निवेदन दिन पुगेका थिए। आफ्नै अनुयायीलाई बलात्कार गरेको कसुरमा सिद्धाबाबाविरूद्ध २०७६÷९÷१० गते मुद्दा दायर भएको थियो। मुद्दा परेपछि जिल्ला अदालतले उनलाई कारागार चलानको आदेश दिएको थियो।

तर, उनी थुनामा नबसिकनै बाहिरै बसे। पछि उच्च अदालतमा जान भनी हिँडेका गिरी जोगबनी नाकाबाट भारत फरार भएका थिए। तर केही महिनापछि प्रहरीले उनलाई पक्राउ गरी कारागार पठाएको थियो।


२२ मंसिर २०७७, सोमवार १७:३१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु