punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

देशभर थप एक हजार १४ जनामा कोरोना संक्रमण, २० जनाको मृत्यु

Chaupati
safha napa

देशभर आज थप एक हजार १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसंगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ४१ हजार ९९५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

त्यस्तै थप २० जना संक्रमितको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ। योसँगै नेपालमा कोभिड-१९ का कारण मृत्यु हुनेको संख्या एक हजार ६१४ पुगेको छ।

पछिल्लो २४ घण्टामा थप एक हजार ६२८ जना कोभिड-१९ संक्रमित संक्रमण मुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुने संक्रमितको संख्या दुई लाख २७ हजार ४३३ पुगेको छ।

हाल नेपालमा १२ हजार ९४८ जना संक्रिय संक्रमित रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।


२२ मंसिर २०७७, सोमवार १६:४४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु