हाँस्यकलाकार मनोज गजुरेल दोस्रो विवाह गर्ने तयारीमा, आफै गरे खुलासा
कलाकार मनोज गजुरेल दोस्रो विवाह गर्ने तयारीमा रहेको खुलेको छ । प्रेम विवाह गरेको २२ वर्षपछि २०७४ सालमा पत्नी मीना ढकालसँग पारपाचुके गरेका उनी करिब ३ वर्षयता सिंगल छन् ।
एपीवान टेलिभिजनले प्रशारण गरेको एक अन्तर्वार्ता उनले विवाहको तयारी भइरहेको खुलासा गरेका हुन् । आफूले विवाह गर्न लागेको उनले स्वीकार गरेका छन् । तर, उनले कोसँग र कहिले भन्ने बारेमा भने केही खुलाएका छैनन् ।
यद्यपि केही समय पछि आफू विवाह बन्धनमा बाँधिन लागेको कुरा साँचो भएको बताउँदै उनले यो कुरा प्रष्ट हुन केही महिना लाग्ने बताएका छन् ।
उनले केही व्यावहारिक पाटोको टुङ्गो लगाएपछि बाँकी कुरा सार्वजनिक गर्ने बताएका उनले अब आफ्नो विवाह पूर्वी नेपालमा हुने संकेत दिएका छन् । दैनिक नेपाल
२२ मंसिर २०७७, सोमवार १६:०६ बजे प्रकाशित













