लगातार ५ दिन सार्वजनिक बिदा
काठमाडौं। भोलि शुक्रबारदेखि नेपालमा लगातार ५ दिन सार्वजनिक बिदा परेको छ।
मन्त्रिपरिषद्को आज बसेको बैठकले भदौ २२ र २३ गते पनि सार्वजनिक बिदा दिने निर्णय गरेसँगै लगातार पाँच दिन बिदा हुने भएको हो। भदौ १९ गते गौरा पर्व र श्रीकृष्ण जन्माष्टमीको बिदा, २० गते शनिबार र २१ गते आइतबार नियमित बिदा रहेको छ।
त्यस्तै, भदौ २२ गते रसुवा बाढीमा ज्यान गुमाएकाहरूको सम्मानमा शोक बिदा र २३ गते गत वर्षको जेनजी आन्दोलनका शहीदहरूको सम्मानमा देशभर सार्वजनिक बिदा दिने निर्णय सरकारले गरेको छ।
यससँगै शुक्रबारदेखि मंगलबारसम्म लगातार पाँच दिन सरकारी कार्यालय तथा अधिकांश सार्वजनिक सेवा बन्द रहनेछन्।
१८ भदौ २०८३, बिहीवार १७:३५ बजे प्रकाशित














