सुदुरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री भट्टले लिए सपथ

धनगढी । सुदुरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । आज (शुक्रबार) सुदुरपश्चिम प्रदेश प्रमुखको कार्यालयमा आयोजित एक समारोहमा भट्टले पद तथा गोपनियताको सपथ लिएका हुन् ।

भट्टलाई प्रदेश प्रमुख नजिर मिँयाले पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन् । भट्टलाई आजै प्रदेश प्रमुख मिँयाले सुदुरपश्चिम प्रदेशको दोस्रो कार्यकालको पाँचौ मुख्यमन्त्री नियुक्त गरेका थिए ।


२९ साउन २०८३, शुक्रवार १५:५८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु