punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

दार्चुलामा ट्रक दुर्घटना, चालकसहित तीन जनाको मृत्यु (नामसहित)

Chaupati
safha napa

दार्चुलामा ट्रक दुर्घटना हुँदा चालकसहित तीन जनाको मृत्यु भएको छ । जिल्लाको गोकुलेश्वरबाट दार्चुला सदरमुकाम खलंगा तर्फ गइरहेको ना ३ ख ३४८५ नम्बरको ट्रक मालिकार्जुन गाउँपालिका वडा नम्बर १ भर्तोलामा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो ।

आइतबार राति भएको दुर्घटनामा बैतडीका न्वाली घर भएका चालक २४ वर्षीय शेरसिंह कार्की, दोगडाकेदार गाउँपालिका– ६ का २४ वर्षीय धनसिंह भण्डारी र दार्चुलाको शैल्यशिखर नगरपालिका–९ नक्तडका १७ वर्षीय चन्द्रसिह बिष्ट रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक पुष्करसिंह ऐरीले बताए ।

ट्रक सडकबाट झण्डै १ सय २० मिटर तल खसेको प्रहरीले जनाएको छ । मृतक तीनै जनाको शव पोष्टमाटमका लागि जिल्ला अस्पताल दार्चुलामा लिएको छ ।


२२ मंसिर २०७७, सोमवार १५:३२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु