सुदूरपश्चिममा कोरोना : सक्रिय संक्रमितको संख्या दुई हजार नाघ्यो

सुदूरपश्चिम प्रदेशमा आइतबार थप ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका विभिन्न छ वटा प्रयोगशालामा साढे चार सय ५५ जनाको नुमना परीक्षण गर्दा थप ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा दुई सय ३९ जनाको परीक्षण गर्दा ४८ जना, कमलबजार नगरपालिकाको प्रयोगशालामा ८४ जनाको परीक्षण गर्दा २६ जना र जिल्ला अस्पताल बझाङ प्रयोगशालामा ५६ जनाको परीक्षण गर्दा १० जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले जानकारी दिए ।

यस्तै उनकाअनुसार जिल्ला अस्पताल बैतडीमा ३९ जनाको परीक्षण गर्दा छ जना र डोटी अस्पताल प्रयोगशालामा १५ जनाको परीक्षण गर्दा दुई जनामा संक्रमण पुष्टि भएको छ । डडेल्धुरा अस्पताल प्रयोगशालामा परीक्षण गरिएका २२ जनाको परीक्षण गर्दा सबैको रिर्पोट नेगेटिभ आएको उनले बताए ।

अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कैलालीको घोडाघोडी नगरपालिकाका १० जना, कैलारी गाउँपालिकाका ७ जना, यस्तै मोहन्याल गाउँपालिका, टीकापुर नगरपालिका र गोदावरी नगरपालिकाका दुई÷दुई जनामा संक्रमण देखिएको जानकारी दिए । यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिकाका २० जना, कृष्णपुर नगरपालिका र बेलौरी नगरपालिकाका २र२ जनामा समेत कोराना पुष्टि भएको छ ।

त्यसैगरी बैतडीको दोगडाकेदार गाउँपालिकाका एक जनामा पनि संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए । यो सँगै सुदूरपश्चिममा कोरोनाका सक्रिय संक्रमितको संख्या दुई हजार नाघेको छ । आइतबारसम्म सक्रिय संक्रमितको संख्या दुई हजार ५४ पुगेको छ । जसमध्ये सबैभन्दा बढी कैलालीमा सक्रिय संक्रमितको संख्या पाँच सय ९४ पुगेको छ । त्यसपछि बझाङमा दुई सय ९४, दार्चुलामा दुई सय ५७, अछाममा दुई सय १३, डडेल्धुरामा दुई सय जना संक्रमित छन् । त्यसैगरि, डोटीमा एक सय ६६, कञ्चनपुरमा एक सय ६१ र बैतडीमा ९९ जना सक्रिय संक्रमित छन् । बाँकी ३३ जना बाहिर जिल्लाका र दुई जना अन्य देशका छन् ।

हालसम्म प्रदेशमा संक्रमितको संख्या ११ हजार सात सय २८ पुगेको छ । त्यसमध्ये नौं हजार छ सय ३३ जनाले कोरोना जितेका छन् भने ४१ जनाले ज्यान गुमाएका छन् ।


२२ मंसिर २०७७, सोमवार १०:५२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु