बालिका बलात्कारको आरोपमा बैतडीमा एक जना किशोर पक्राउ

बालिकालाई बलात्कार गरेको आरोपमा बैतडीमा एक किशोरलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको दोगडाकेदार गाउँपालिका वडा नम्बर ६ सित्तडका १७ वर्षीय एक किशोरले मङ्सिर १६ गते आफ्नै घरमा लगेर १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा
प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय पाटनका इञ्चार्ज एंव प्रहरी निरीक्षक धनदेव साउँदले उमेर नपुगेकाले पक्राउ परेका किशोर तथा किशोरीको नाम सार्वजनिक गरिएको छैन ।

दुवै जनाको जन्मदर्ता मगाएर थप अनुसन्धानको काम भइरहेको प्रहरीले बताए । पीडित किशोरीका आफन्तको उजुरीका आधारमा जबरजस्तीकरणी उद्योगमा मुद्दा दर्ता भई अनुसन्धान भइरहेको बैतडीका प्रहरी प्रमुख एंव प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले बताए ।

उनले भने, “ जिल्ला अदालत बैतडीबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान शुरु गरिसकेका छौँ, प्रारम्भिक अनुसन्धानबाट दुवै जनामा प्रेम सम्बन्ध रहेको र आफन्तले थाहा पाएपछि उजुरी गरेको खुल्न आएको छ ।”

पक्राउ परेका किशोर प्रहरी हिरासतमा रहेका छन भने किशोरी आफन्तसँगै रहेकी जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

यसअघि गत हप्ता पनि किशोरी बलात्कारको घटना गाउँमै मिलापत्र गराएको आरोपमा सिगास गाउँपालिकावडा नम्बर ३ का वडाध्यक्षसहित छ जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ ।


२१ मंसिर २०७७, आइतवार १०:४८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु