होन्डाले बजारमा ल्यायो नयाँ स्कुटर
होन्डाले बजारमा नयाँ स्कुटर ल्याएको छ। आफ्नो चर्चित स्कुटर एक्टिभा बजारमा ल्याएको २० वर्ष पुरा भएको अवसरमा होन्डाले भारतीय बजारमा नयाँ स्कुटर ल्याएको हो।
कम्पनीले ‘होन्डा एक्टिभा एनेभर्सरी एडिसन’ स्कुटर सार्वजनिक गरेको भारतीय संचार माध्यम नवभारत टाइम्सले जनाएको छ।
कम्पनीको अनुसार यसमा बिएस६ १०९ सिसीको फ्यूल इन्जेक्टेड सिङ्गल सिलिन्डर इन्जिन जडान गरिएको छ। जसले ७.७९ पिएस पावर र ८.७९ एनएम टर्क उत्सर्जन गर्छ।
यसमा १२ इन्चको फ्रन्ट ह्विल, टेलिस्कोपिक फ्रन्ट सस्पेन्सन, एलइडी हेडलाइनट लगाएतको फिचर्स दिइएको छ।
यो स्कुटर रेगुलर एक्टिभा भन्दा धेरै आकर्षक रहेको कम्पनीको भनाइ छ। यो ‘मेट म्याच्योर ब्राउन’ रङ्गमा मात्र उपलब्ध छ। स्कुटरको साइडमा सुन रङ्गको ब्याज लगाइएको छ भने पांग्रा स्टिल र कभर कालो रङ्गको छ।
होन्डा एक्टिभा पहिलो पटक २००१ मा सार्वजनिक भएको थियो। यो एडिसन समेत गरेर एक्टिभाको ६ वटा जेनेरेसन बजारमा आइसकेको छ।
हिरोको स्प्लेन्डर पछि सबैभन्दा धेरै बिक्ने एक्टिभा हो। यो हालसम्म २२ लाख भन्दा धेरै बिक्री भइसकेको छ।
भारतीय बजारमा यसको मूल्य ६६ हजार ८ सय १६ र डिलक्स भेरियन्टको ६८ हजार ३ सय १६ निर्धारण गरिएको छ।
१५ मंसिर २०७७, सोमवार १२:०५ बजे प्रकाशित













