महाकाली नदीमा पुरुष बेपत्ता

महाकाली नदीमा बालुवा निकाल्न गएका कञ्चनपुरका एक पुरुष बेपत्ता भएका छन् ।

आइतबार दिउँसो जिल्लाको भिमदत्त नगपालिका वडा नम्बर १२ पर्ने ऐरिघाटस्थित महाकाली नदीमा बालुवा निकाल्न गएका बागफाँटाका ४५ वर्षीय अर्जुन सूनार बेपत्ता भएको हुन ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले सूनार नदीमा डुबेर बेपत्ता भएको बताउँदै खोजी कार्य जारी राखिएको बताए ।

तर सूनारको अवस्था अझै अज्ञात रहेको छ। उनले मापसे गरिएको समेत बुझिएको प्रहरीले जनाएको छ ।


१५ मंसिर २०७७, सोमवार १२:०२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु