punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

प्रचण्डले बोलाएको बैठकमा पाँच सदस्य मात्रै

Chaupati
safha napa

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी .(नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालयको अनौपचारिक बैठक बोलाएका छन् । बैठक पार्टी कार्यालय धुम्बाराहीमा बसेको छ ।

बैठकमा प्रचण्डसहित वरिष्ठ नेता झलनाथ खनाल, वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी भएका छन् । बैठकमा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली, सचिवालय सदस्यहरु ईश्वर पोखरेल र रामबहादुर थापा बादल र महासचिव विष्णुप्रसाद पौडेल उपस्थित भएका छैनन् ।

प्रधानमन्त्री ओलीलाई जानकारी दिएर प्रचण्डले धुम्बाराहीमा बैठक बोलाएका हुन् । प्रचण्डले बोलाएको बैठकमा बादल पनि अनुपस्थित छन् । गएको कात्तिक १६ को खुमलटार भेलामा भने बादल सहभागी भएका थिए ।

धुम्बाराही छलफल सकेर प्रचण्ड प्रधानमन्त्रीलाई भेट्न जाने तयारी रहेको बालुवाटार स्रोतले जनाएकोे छ ।


२१ कात्तिक २०७७, शुक्रवार १६:४८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु